काठमाडौँ । सेयरबजार फेरि ३.६५ अंकले घटेको छ। नेप्से सूचक उक्त अंकले घटेर २०२३.५४ विन्दुमा झरेको हो।
योसँगै बजारमा आज १ अर्ब ८९ करोडको मात्र सेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार २५९ कम्पनीको ५१ लाख कित्ता सेयर उक्त रुपैयाँ हाराहारीमा कारोबार भएको हो।
आज ७१ वटा कम्पनीको सेयर बढे पनि १३५ वटाको घटेको र ११ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज लगानीकर्ताले ९.७३ प्रतिशतसम्म अधिकतम आम्दानी गर्दा ६.४३ प्रतिशतसम्म गुमाएका छन्।
त्यस्तै हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।