logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • डुङ्गा दुर्घटनामा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

    डुङ्गा दुर्घटनामा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

    2.5K
    Shares
    डुङ्गा दुर्घटनामा इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

    एजेन्सी । इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।

    मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो । एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए ।

    तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ । सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।
    –––


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend