logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

    चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

    1.8K
    Shares
    चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

    सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

    सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र सो आबद्ध व्यक्तिहरूले सर्वसाधारणबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हीतकालागि उक्त निर्णय लिइएको जनाएको छ । लेखापढी आबद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको भनाइ छ । सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाह कालागि कार्यालय भित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने बताइन् । जसका लागि कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाई छ । उनले जिल्ला प्रशासनबाट दिनसक्ने सेवा जिल्ला प्रशासनबाट नै दिनका लागि र बाहिर भइरहेको अनियमितता रोक्नका लागि काम थालेको बताइन् ।

    यता प्रशासनको कडाई पश्चात लेखापढी व्यवसायीले भने आफूहरूको रोजीरोटी खोसिएको भन्दै सो कदमको विरोध गरेका छन् । उनीहरूले निश्चित शुल्क लिएर आफूहरूले काम गर्न पाउनुपर्ने माग राखेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend