logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

    राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

    2.5K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन (चुनाव ) चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको बताए । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’

    निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

    रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । तर गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै हुने भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend