logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्ता छन् जसपा प्रदेश १ समितिको बैठकले गरेका निर्णयहरु

    यस्ता छन् जसपा प्रदेश १ समितिको बैठकले गरेका निर्णयहरु

    4.1K
    Shares
    यस्ता छन् जसपा प्रदेश १ समितिको बैठकले गरेका निर्णयहरु

     

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ समितिकोे बैठक सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको छ ।

    समितिको उपाध्यक्षहरुमा सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दिपेश राई छन् भने मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन् । समितिको सचिवहरुमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

    बैठकले प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रदेश इन्चार्ज समेत रहेका कार्यकारिणी समिति सदस्य रकम चेम्जाङ, अध्यक्ष दीपक याक्खा र मुख्य सचिव घनश्याम कटुवाललाई जिम्मेवारी दिएको छ ।

    त्यस्तै पार्टी संगठनलाई व्यवस्थित गर्न जिल्ला र १४ वटै जिल्ला अन्तर्गतका पालिका स्तरीय समितिहरुलाई आवश्यक्ता अनुसार गठन, पुनर्गठन गर्न गराउन पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ ।

    आसन्न स्ववियु निर्वाचनका सन्दर्भमा प्रदेशभित्रका सबै विश्वविद्यालय तथा क्याम्पसहरुमा पार्टी सम्बद्ध विद्यार्थी संगठनलाई सक्रिय बनाई आवश्यक समन्वय गर्न गणेश राईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend