logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

    यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

    1.9K
    Shares
    यमन हवाई हमलामा अल–कायदाका शीर्ष नेता मारिए

    एजेन्सी । युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल–कायदाका एक वरिष्ठ व्यक्ति मारिएका सुरक्षा र स्थानीय सरकारी स्रोतहरूले बुधबार एएफपीलाई बताएको छ ।

    अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल–तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ । सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन् ।

    अल–तामिमीले हालै भाडामा लिएको उत्तरी प्रान्त मारिबको एउटा घरलाई निशाना बनाएर गरिएको हवाई हमला स्पष्ट रूपमा अमेरिकी भएको अधिकारीले बताएका छन् ।

    एक मारिब सरकारी अधिकारीले पनि मृत्युको पुष्टि गरेका छन् । अब्देल अजिज अल–अदनानी भनेर चिनिने साउदीकी तमिमीले एक्युएपीको नेतृत्व परिषद्को नेतृत्व गरेका र आतङ्कवादी समूहको “न्यायाधीश“ को रूपमा काम गरेका स्रोतले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend