logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

    नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

    1.8K
    Shares
    नाइजेरियाको राष्ट्रपतिमा बोला टिनुबु निर्वाचित

    एजेन्सी । नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गरेको उक्त आयोगले जनाएको छ । नेता अबुबाकरले छ लाख ९८ हजार मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाएको हो राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले बताएका छन् ।

    यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो । नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरेका छन् ।

    नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्र्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताए । उनले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उनले व्यक्त गरे ।

    निवर्तमान राष्ट्रपति मुहम्मदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताए । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उनको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend