logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

    ‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

    1.7K
    Shares
    ‘कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती छैन’

    काठमाडौं । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले कुनै पनि देशका नागरिकको सुरक्षामा चुनौती नरहेको बताएका छन् । सबै देशका नागरिकलाई समान नजरले हेर्दै आएको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई ध्यान दिएर काम गरिएको स्पष्ट पारे ।

    नेपालका लागि जापानी दूतावासका द्वितीय सचिव योसिमुरा केन्जीले आफूसँग गरेको भेटवार्ताका क्रममा नायव महानिरीक्षक गुरुङले नेपाल भ्रमणका लागि सुरक्षित रहेको जानकारी गराए । गण्डकी प्रदेशमा जापानीज नागरिकको सुरक्षा र सुविधाको विषयमा जानकारी लिन पोखरा आएका केन्जीले गुरुङसँग गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको वस्तुस्थितिबारे जिज्ञासा राखेका थिए ।

    जवाफमा गुरुङले सुरक्षा अवस्था सामान्य र पर्यटकका लागि उपयुक्त रहेको बताए । उनले कतिपय स्थानमा पर्यटक पथप्रदर्शक बिना एक्लै हिँड्दा समस्या देखिएकाले पथप्रदर्शक लिएर जान सुझाव दिएको पनि बताए ।

    यसका साथै गुरुङले गण्डकी प्रदेशमा रहेको पर्यटक प्रहरीले समेत पर्यटकलाई सुरक्षाका विषयमा आवश्यक सुझाव र जानकारी दिइरहेको बताए । पर्यटकको सुरक्षार्थ दूतावाससँग सूचना आदानप्रदान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय तत्पर रहेको जनाउँदै उनले जापानीज नागरिकलाई पोखरालगायत गण्डकी प्रदेशको भ्रमण सुरक्षित रहेको सन्देश दिएर घुम्न पठाउन आग्रह गरे ।

    सचिव योसिमुराले शान्ति सुरक्षाको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्दै पोखरामा माघ १ गते भएको विमान दुर्घटनाले नेपाल आउने जापानी नागरिक रोकिएको र अब सामान्य हुँदै गएपछि नेपाल घुम्न आउने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend