logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • श्रीलंकामा मट्टितेलको मूल्य ५० रूपैयाँले घट्यो

    श्रीलंकामा मट्टितेलको मूल्य ५० रूपैयाँले घट्यो

    3.3K
    Shares
    श्रीलंकामा मट्टितेलको मूल्य ५० रूपैयाँले घट्यो

    कोलम्बो । श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैयाँले घटाइएको छ । श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका हुन् ।

    राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ । मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ । औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ ।

    सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो ।

    सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो । जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो ।

    श्रीलङ्काकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन् । बुधबार श्रीलङ्कामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलङ्काली रूपैँया कायम गरिएको छ । रासस/सिन्ह्वा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend