logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

    पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

    1.4K
    Shares
    पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

    लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो ।

    आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिए । ‘गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ’, उनले भने ।

    उनका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड ताँजे नौथरसेरा आठ दिनको यात्रा गर्न सकिन्छ । नौथरसेरा इलम पोखरी, लिपेलेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिलतर्फबाट बेसी शहरसम्मको ११ दिनको पदयात्रा गर्न सकिन्छ ।

    अध्यक्ष अधिकारीका अनुसार पदमार्गमा यात्रा गर्दा बाटैभरी लालिगुँरास, हनी हन्टिङ, छहरा तथा झरना, गुफा, गढीलगायत हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका लागि ५९ लाख रुपौँया खर्च गरी काम सुरु गरिसकेको छ । जसमा हालसम्म पोखरी पुनःसंरचनाका साथै पदमार्गको पहिचान, प्रचारप्रसार तथा भेडिगोठलाई सेल्टरका रुपमा विकास गर्नका लागि काम गरिरहेको छ ।

    पर्यटन व्यवसायी राजेन्द्र वस्तीले लमजुङ पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको जिल्ला भएको र त्यसमा पनि दोर्दीमा पदमार्गको राम्रो र नयाँ सम्भावना रहेको बताए । उनले उक्त पदमार्गमा एक हजार नौ सय मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पुग्न सक्ने बताए । उनले केही समयअघि टानको सहकार्यमा पदमार्गको नक्साङ्कन तथा प्रचारप्रसारको प्रयास भइरहेको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend