logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित ३ वटा ट्याक्टर नियन्त्रणमा

    सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित ३ वटा ट्याक्टर नियन्त्रणमा

    2K
    Shares
    सशस्त्र प्रहरीद्वारा काठको कोईलासहित ३ वटा ट्याक्टर नियन्त्रणमा

    नवलपरासी । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ हर्कपुराबाट करीव १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोईला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोईला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो ।

    ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका छन् । नियन्त्रणमा ल्याईएको कोईलासहितको तीन वटै ट्याक्टर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend