logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मनमाया नेपाली हत्याका अभियुक्त १९ वर्षपछि पक्राउ

    मनमाया नेपाली हत्याका अभियुक्त १९ वर्षपछि पक्राउ

    2.1K
    Shares
    मनमाया नेपाली हत्याका अभियुक्त १९ वर्षपछि पक्राउ

    सिन्धुपाल्चोक । महिला हत्यालगत्तै फरार रहेका एक आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार बलेफी गाउँपालिका–१ का ४६ वर्षका सीताराम तिमिल्सेना १९ वर्षपछि समातिएका हुन् ।  ०६१ माघ १७ मा बलेफी गाउँपालिका–८ की ६३ वर्षीया मनमाया नेपालीलाई सामान्य विवादका क्रममा तिमिल्सेनाले दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको थियो ।

    मंगलबार विशेष सूचनाको आधारमा इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपाने नेतृत्वको टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो । ‘बलेफी गापा–८ कै गाउँमा टोप्काबाट लुकीछुपी बसेको अवस्थामा तिमिल्सेनालाई पक्राउ गरेका छौं, निजलाई मुलुकी अपराध संहिता, ऐन २०७४ को परिच्छेद १२ अर्न्तगत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ,’ इन्स्पेक्टर न्यौपानेले भने ।

    जिल्ला अदालतबाट आरोपीलाई सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले जनाए ।

    इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले मात्रै यही आर्थिक वर्षमा ८, इप्रका मेलम्चीले ४, ठोकर्पा २ र जिप्रकाबाट ८ जना गरी विभिन्न मुद्दाका आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७९– ०८० मंसिर मसान्तसम्म मात्रै २२ जना आरोपी समातिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend