logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

    बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

    2.9K
    Shares
    बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात

    काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। उनले इन्स्टाग्राममा बिहीबार गरेको पोस्ट अनुसार उनलाई केही दिनअघि हृदयाघात भएपछि उनको मुटुमा स्टेन्ट राखिएको छ।

    उनले इन्स्टाग्राममा आफ्ना बुबासँग राखिएको तस्बिरसहितको पोस्टमा यसबारे जानकारी गराएकी हुन्। उनले आफ्ना बुवालाई उद्धृत गर्दै लेखेकी छन् ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनू। जब तिमीलाई आवश्यक पर्छ, यो तिमीसँगै उभिन्छ सोना।’

    हृदयघातपछि एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखिएको जानकारी उनले दिएकी छन्। ‘सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे । समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद ।

    यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू) लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो । सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु । म तपाईंलाई माया गर्छु,’ उनले लेखेकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend