logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरियामा ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु

    सिरियामा ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु

    1.5K
    Shares
    सिरियामा ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु

    दमास्कस । सिरियामा सन् २०२३ को शुरुदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ ।सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा दुई महिला र १८ बालबालिकाहरू पनि छन् । घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरङ्गको पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ ।

    त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीबार पाँच जना मारिएका छन् । साथै सोही अवधिमा बारुदी सुरङ्ग विस्फोटबाट २८ बालबालिका र चार महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ ।

    देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको च्याउजस्तै कन्दमूल) सङ्कलनकर्ता रहेको र इस्लामिक स्टेट (आईएस) आतङ्ककारीहरूले छोडेको बारुदी सुरङ्ग विस्फोटमा परेका थिए ।

    बारुदी सुरङ्गमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल सङ्कलन गर्ने कामदारहरू रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल सङ्कलनकर्ताहरूलाई मारेको थियो।
    रासस/सिन्ह्वा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend