logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ

    भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ

    3.3K
    Shares
    भ्रष्टाचारको आरोपबाट मलेसियाका पूर्व नेता नजिबलाई सफाइ

    एजेन्सी । मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको छ ।

    राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलान बताएका छन् ।

    भ्रष्टाचारको सो आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।

    परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उहाँलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ । हाल अरुलले पनि सफाई पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend