logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

    ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

    2.4K
    Shares
    ‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

    काठमाडौं । ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने  २४ महिलाका जीवनी पुस्तकमा समेटिएकाे छ ।

    मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गरेका हुन् ।

    उनले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

    उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउनुभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    त्यस्तै, राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गरे ।

    सम्मानित हुनभएका ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको सम्झेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend