logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

    आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

    2.6K
    Shares
    आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालले पीएनजीलाई ३ विकेटले हरायो

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवान्युगिनीलाई ३ विकेटले हराएको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई १८२ रन बनायो ।

    ओपनर आसिफ सेखले नटआउट ८६ र सन्दीपले नटआउट ३५ रन बनाए। आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् । त्यस्तै ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाए। नेपाललाई जिततर्फ अग्रसर बनाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो ।

    सन्दीपले एकदिवसीय क्रिकेटमा पहिलो पटक ३५ रन बनाए । नेपालका लागि कुशल मल्लले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    यता पपुवान्युगिनीले नेपाललाई जितका लागि एक सय ८० रनको लक्ष्य दिएको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ रोजेको पपुवान्युगिनीले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनाएको थियो ।

    पपुवान्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लिन डोरिगाले २६ रन बनाएका थिए ।

    गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाएका थिए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाएका थिए ।
    नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान एक/एक विकेट झारेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend