logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ

    जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ

    2.6K
    Shares
    जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ

    ललितपुर । जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा–तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए।

    जुवा–तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।

    उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ।

    घरधनी इश्वरी खड्काले उनीहरूलाई जुवा खेलाएको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend