logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

    इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

    1.9K
    Shares
    इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

    एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।

    प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो।

    इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन्।

    यसैगरी, तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend