logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनामाथि कारवाहीको सिफारिस

    जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनामाथि कारवाहीको सिफारिस

    2.7K
    Shares
    जसपाको छानबिन समितिले प्रतिवेदन बुझायो, १५२ जनामाथि कारवाहीको सिफारिस

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

    शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि कारवाहीको सिफारिस गरिएको प्रतिवेदन पार्टीलाई बुझाइएको छ । कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् ।

    छानवीन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो । गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारवाहीको लागि सिफारिस गरिएको छ ।

    शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । पार्टीको आगामी बैठकमा प्रतिवेदन प्रस्तुत भई विधानको व्यवस्था बमोजिमको कारवाहीको प्रकृया अगाडि बढाइने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend