logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ जना लडाकु मारिए

    अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ जना लडाकु मारिए

    2.6K
    Shares
    अफगान सुरक्षा फौजको कारबाहीमा आइएसका ६ जना लडाकु मारिए

    एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा यहाँको सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि छ जना आइएस लडाकु मारिएका छन् ।सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुख अब्दुल्लाह इनसाफले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार यहाँको सुरक्षा फौजले आइएसकाविरुद्धमा गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।

    शनिबार भएको सो कारबाहीका क्रममा मारिनेमा एकजना महिला पनि परेका बताइएको छ । प्रवक्ता इनसाफले हेरात प्रान्तको रबट काबुली गाउँमा आइएसले आश्रयस्थल नै बनाएर हिंसात्मक क्रियाकलाप गरेको सूचनाका आधारमा सो कारबाही गरिएको थियो ।

    त्यस कारबाहीमा परेर अरु केही लडाका घाइते पनि भएका छन् । उक्त क्षेत्रमा अफगान सरकारको सुरक्षा फौजले खोजी अभियान सञ्चालन गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend