logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन गर्न लागि सम्झौता सम्पन्न

    स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन गर्न लागि सम्झौता सम्पन्न

    2.2K
    Shares
    स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन गर्न लागि सम्झौता सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे वीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।

    सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए ।

    बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

    यस सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले आज एक प्रेष विज्ञप्ती मार्फत जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend