logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : संयोजक बास्तोला

    नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : संयोजक बास्तोला

    3.2K
    Shares
    नेपालमा राजतन्त्र पुनःस्थापना हुन असम्भव छ : संयोजक बास्तोला

    काठमाडौं । नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने असम्भव भएको बताएका छन् । आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बास्तोलाले नेपालमा राजतन्त्र पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन् ।

    उनले जसले जति नारा लगाएपनि राजतन्त्र नफर्किने बताए । उनले देशमा अधुरा रहेका क्रान्तिहरु सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरु मिल्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरु एकजुट हुनुपर्ने धारणाा राखे ।

    उनले भने– ‘अहिले राजतन्त्र सम्भव छैन यहाँ । जसले जति नारा लगाएपनि । पछाडी फर्कने कुराले अगाडी जान सकिँदैन । त्यसकारण अहिले हामी सबै माओवादीहरु एक ठाउँमा हुन जरुरी छ । तर के को निम्ति ? अगाडी जानको निम्ति । अगाडी बढ्नको निम्ति । नेपालमा अधुरो रहेका शहीदका सपनाहरु पूरा गर्नको निम्ति । शहीदको सपना पूरा गर्ने भनेको अधुरो रहेको क्रान्ति सम्पन्न गर्ने कुरा हो । नयाँ जनवाद सहित वैज्ञानिक समाजवादी गर्ने कुरा हो । अहिले भन्दै हुनुहुन्छ उहाँहरु साथीहरुले नयाँ जनवाद सम्पन्न भयो भन्दै हुनुहुन्छ, यस्तै हुन्छ नयाँ जनवाद भित्र ? यस्तो हुँदैन । अहिले फेरी ०५२ सालको जस्तो पनि सम्भव छैन । नयाँ तरिकाले गर्नुपर्ने छ । नयाँ तरिकाले हामी संरक्षित हुनुपर्नेछ । नयाँ तरिकाले विश्लेषण गर्नुपर्नेछ । नयाँ तरिकाले हामी अगाडी बढ्नुपर्ने छ । त्यसको निम्ति हामी सबै एकठाउँमा आउँ । अगाडी बढौँ । नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन । इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन । यहाँ पूरै पछाडी फर्किएर राजतन्त्र फर्केर आउने बेलायत होइन । यो जापानपनि होइन । १७ औँ शताब्दी, १५ औँ शताब्दीको बेलायत होइन । जहाँ फेरि राजतन्त्र फर्केर आओस् । यो २१ औँ शताब्दीको दुनियाँ छ । वैज्ञानिक समाजवाद स्थापना हुन्छ । सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँ होऔँ ।’

    संयोजक बास्तोलाले राजतन्त्र फर्किनका लागि नेपाल १५ औँ शताब्दीको बेलायत नभएको टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend