सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

स्ववियु निर्वाचन विशेष: मध्यपश्चिम विश्वविद्यालयमा ३ वटा विद्यार्थी संगठनबीच तालमेल

स्ववियु निर्वाचन विशेष: मध्यपश्चिम विश्वविद्यालयमा ३ वटा विद्यार्थी संगठनबीच तालमेल

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयमा तीन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुने भएको छ । चैत ३ गते हुन गइरहेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुने भएको हो ।

त्यसका लागि तीन वटै विद्यार्थी संगठनको संयुक्त बैठक बसेको थियो । बैठकमा तीन वटा बाम विद्यार्थी संगठनहरू एक ठाउँमा उभिएर चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले स्ववियु निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरिएको बताए ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा १० वटा आंगिक क्याम्पसमा तिन वटा विद्यार्थी संगठनबीच चुनावी तालमेल हुन लागेको हो । सबैमा पदमा तालमेल गरेर उम्मेदवारी दिने र उम्मेदवारी दिएका उम्मेदवारलाई जिताउन अगाडि बढ्ने सहमति भएको उपाध्यक्ष घर्तीले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend