logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

    होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

    2.3K
    Shares
    होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

    बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन् । होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उनले भने, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।”

    होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उनले विश्वास व्यक्त, गरे । होलीलाई खुसी र सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ ।

    “फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend