logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • फागु महोत्सवमा झुम्दै जनकपुर

    फागु महोत्सवमा झुम्दै जनकपुर

    2.5K
    Shares
    फागु महोत्सवमा झुम्दै जनकपुर

    जनकपुर । मिथिला नाट्यकला परिषद्को बहुचर्चित फागु महोत्सवको पहिलो दिन सोमबार अपराह्न फागु गीत प्रतियोगिता आयोजन हुँदै छ । महोत्सवको दोस्रो दिन मंगलबार महामूर्ख सम्मेलन हुनेछ । परिषद्ले पछिल्लो २७ वर्षदेखि दुईदिवसीय फागु महोत्सव आयोजन गर्दै आएको छ ।

    फागु गीत गायन प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाबाट १० ग्रामीण समूह सहभागी हुनेछन् । समूहबीच गायन प्रतियोगिता हुनेछ । विजयी समूहलाई चाँदीको तक्मा, नगद, डम्फा, शिल्ड प्रदान गरिने आयोजक परिषद्का अध्यक्ष प्रमेश झाले जानकारी दिए ।

    फागु, छठ, जट–जटीन, झिझियालगायत मिथिलाञ्चलका मौलिक गीत–संगीत लोप हुन थालेको भन्दै यसको संरक्षणको उद्देश्यले परिषद् फागु गीत गायन प्रतियोगिता आयोजन गर्दै आएको परिषद्का पूर्वअध्यक्ष तथा गायक सुनील मल्लिकले भने, ‘लोकगीत, संगीत, कला पुस्तान्तरण हुने हो । मौलिक गीतसंगीत पुस्तान्तरण होस् भनेर फागु महोत्सव आयोजना गरेका हौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend