logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा

    होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा

    2.3K
    Shares
    होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री शर्मा

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् ।

    मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज एक सन्देश जारी गर्दै यस अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    मानव स्वास्थ्यलाई ध्यान दिइ अनुशासित एवं सभ्य भएर हर्षोल्लाससाथ मनाउन सबै नेपालीलाई उनले आग्रह गरेका छन् । हिमालदेखि तराईसम्म हर्षभावका साथ मनाइने होलीले हामीबीच भएका असमझदारी, बेमेल, कटुता एवं तीक्ततालाई समाप्त पारी मेलमिलाप, सद्भाव, शान्ति, समझदारी, भाइचारा र मानवताका सम्बन्ध कार्य गर्न तथा राष्ट्रिय एकता सुदृढ पार्न सबैमा प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend