logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित : ओली

    राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित : ओली

    2.5K
    Shares
    राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

    ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । सोही कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

    अभिमुखीकरण कार्यक्रममा  एमाले अध्यक्ष ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए ।

    यसै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भए पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए ।

    अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो ।

    एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend