logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रास्वपाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने

    रास्वपाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने

    2.5K
    Shares
    रास्वपाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाएको छ ।

    रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।

    समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

    उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend