logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : लिङदेन

    राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : लिङदेन

    1.8K
    Shares
    राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेका छौँ : लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिमा कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले गर्ने बताएका छन् ।

    सोमवार राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा पार्टी कार्यालय पुगेका नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राप्रपाले यस्तो बताएको हो ।

    भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले एमालेलाई पनि सोही कुराको अवगत गराएको जानकारी दिँदै २४ गतेको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । उनले राष्ट्रपतिको निर्वाचनलाई शतर्कताका साथ हेरिरहेको उल्लेख गरे ।

    उनले भने, ‘आज खासगरी नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टीसँग राष्ट्रपतिमा भोट माग्न आउनुभएको थियो । हाम्रो पार्टीको सहयोग रहोस् भनेर आग्रह गर्नुभयो । हामीले २४ गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएका छौँ, त्यसपछि निर्णय गर्नेकुरा राखेका छौँ । यही कुरा नेकपा एमालेलाई पनि भनेको छौँ । शुभकामना दियौँ । स्वागत गरेका छौँ । हामीले सिधा भन्ने अवस्थामा पुगेका छैनौँ । हाम्रो पार्टीले राष्ट्रपतिको निर्वाचनलाई शतर्कता पूर्वक हेरिरहेको छ । हाम्रो पार्टीको गणित, दुई पक्षिय उम्मेदवारी र आम जनधारणा, हाम्रो शुभेच्छुकहरुको धारणालाई शतर्कताका साथ हेरिरहेका छौँ । हामी यसैलाई मत दिन्छौँ भनिहाल्ने अवस्थामा पुगेका छैनौँ ।’

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरुसँगको भेटलाई तिब्र बनाइरहेका छन् ।

    अराजकता र गलत क्रियाकलापको पक्षमा राप्रपा छैन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय सडकमा भइरहेका गतिविधिहरुका बारेमा आफ्नो पार्टी गम्भीर बनेको बताएका छन् ।

    सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको अराजकता, गलत क्रियाकलापको पक्षमा आफू नरहेको स्पष्ट पारे । उनले अहिलेको अवस्था राज्य जिम्मेवारीबाट विमुख हुने, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस जनतको सुख सुविधा भन्दा सत्ता केन्द्रित बन्न थालेपछिको अवस्था रहेकाले जनता र देशले यस्ता अराजकता व्यहोर्नुपरेको उल्लेख गरे ।

    यस्ता गतिविधिमा अराजक क्रियाकलाप गर्नेहरु भन्दा जनताका समस्यालाई अन्देखा गर्ने, समस्याको र अहिलेको अस्थिरताको जगको, जडको रुपमा रहेका राजनीतिक दलहरु बढी जिम्मेवार हुन आवश्यक रहेको उनको भनाइ थियो।

    उनले अराजकता र गलत क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नरहेका भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने प्रतिवद्धता जनाए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend