logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता हुँदै

    प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता हुँदै

    2.2K
    Shares
    प्रधानमन्त्री दाहालविरुद्ध रिट दर्ता हुँदै

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो ।

    अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend