logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ : प्रवक्ता श्रेष्ठ

    बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ : प्रवक्ता श्रेष्ठ

    2.2K
    Shares
    बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ : प्रवक्ता श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए । उनले भने, “राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ । हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ ।”

    राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवास नेम्वाङ उम्मेदवार छन् । राप्रपाको फागुन १२ गतेको बैठकले राष्ट्रपतिको निर्वाचनमा प्रस्तापक र समर्थक दुवै नबस्ने भनेर निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend