logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने उपसभापति खड्काको दाबी

    राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने उपसभापति खड्काको दाबी

    2.1K
    Shares
    राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने उपसभापति खड्काको दाबी

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्याधिक मतले जित्ने दाबी गरेका छन् ।

    मंगलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको आठ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।

    उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको जानकारी दिए । उनले आगामी दिनमा गठबन्धनलाई थप व्यापक र बिस्तार गर्दै जाने बताए ।

    उनले भने, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौँ । प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौँ । ९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौँ । त्यही समितिको बैठक बस्यौँ । त्यही व्यवस्थापन सम्बन्धीका बारेमा छलफल गरेका छौँ । राष्ट्रपतिको नमुना मतदान गराउँदै छौँ । गठबन्धन त अघि बढीसक्यो । सबैले सहयोग गरेर अत्याधिक मतले जित्नुहुन्छ । त्यसकै जगमा यसलाई बिस्तार र व्यापक गर्दै अघि जान्छौँ । अत्याधिक मतले हामी जित्छौँ ।’

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।

    उनले भने, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निस्कर्ष भएको छैन । गठबन्धनलाई बिस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ ।’ सरकार बिस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend