काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको छ ।
नागरिकता मुद्दाका कारण लामिछानेले एकैसाथ सांसद, मन्त्री र पार्टीको अध्यक्ष पद गुमेको थियो । लामिछानेले पछि रितपूर्व पुन: नेपाली नागरिकता लिएका थिए ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपनि सर्वोच्चले आजसम्म पूर्णपाठ सार्वजनिक गरेको थिएन ।
नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ