logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    1.9K
    Shares
    ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ ।

    दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् । पुलिस र हिमालयन बीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङसँग बराबरी खेलेको थियो ।

    दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र
    संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ । च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लव र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend