
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थालेको बताएको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले एक विज्ञप्ति जारी गर्दै देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सक्न मन पराउने विरुद्ध सङ्घर्षमा उत्रिने बताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दायर गर्नु गम्भीर ध्यानाकर्षण भएको सिंहले बताइकी छन् । उनले भनेकी छन्, ‘सम्मानित सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण लगायतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपर अनुसन्धान र अभियोजनको माग गर्दै रिट निवेदन दायर गर्नु र संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोज्ने सम्मानित सर्वोच्च अदालतको प्रयास प्रति हाम्रो संगठन अखिल(क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ।’
देशलाई द्वन्दको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तीहरुको विरुद्ध संघर्ष गर्न अखिल(क्रान्तिकारी) सधै तयार रहेको उनले बताइन् ।
‘हामी चाहन्छौँ द्वन्दकालीन मुद्दाहरुको बारेमा आयोगहरु मार्फत छिटो भन्दा छिटो काम सम्पन्न होस् तर विभिन्न वाहनामा हिजो टिआरसी विधेयक रोकेर शान्ति प्रक्रियाको वाँकी काम सम्पन्न गर्न नदिने को हुन् हामीले चिनेकै छौँ ।’ विज्ञप्तिमा भनिएको छ, आज तिनै शक्तीहरु फेरि सक्रिय हुन खोजिरहेका छन। देशलाई द्वन्दको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तीहरुको विरुद्ध संघर्ष गर्न अखिल (क्रान्तिकारी सधै तैयार छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend