logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भयो : केपी ओली

    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भयो : केपी ओली

    1.7K
    Shares
    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भयो : केपी ओली

    काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकोकार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले उनको यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए ।

    ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको बताए ।

    अध्यक्ष ओलीले भने, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर , त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एक पटक मात्रै होइन । फेरी उहाँ जिद्धी गरेर यहाँ रहनै पर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर पहिलो पटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । प्रदेशसभाहरु गठन भईसकेका थिएनन् । राष्ट्रिय सभा गठन भईसकेको थिएन । त्यस्तो अवस्थामा व्यवस्थापिका संसदले नै राष्ट्रपति चयन गर्नु परेको थियो । त्यो काम देखिसकेपछि, निर्वाचन मण्डल बनिसकेपछि, प्रदेशसभाहरु बनिसकेपछि उहाँलाई सिंगै देशले एक कार्यकाल छोटो भएपनि त्यसको अनुभवलाई हेरेर उहाँलाई राष्ट्रपति बनाएको थियो ।

    यो हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ । तपाईहरुले उहाँहरुको राष्ट्रपतित्वको रुपमा महिला मुक्ति जो प्रकाशन गर्नु भएको छ । अत्यन्तै प्रशंशनीय काम हो ।’

    अध्यक्ष ओलीले महिलाहरु अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend