logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने

    1.9K
    Shares
    जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले फागुन २५ गते (बिहीबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ ।

    जसपाले भोलि बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ ।

    जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend