logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    2.2K
    Shares
    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। उनका अनुसार जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन भनेको छ ।

    पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ ।

    जसपाका सङ्घीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend