मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटमा भोलि सुनुवाइ हुने

प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटमा भोलि सुनुवाइ हुने

सरकारी कामकारवाहीलाई प्रभावकारी बनाउन मङ्गलबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको सर्वोच्चमा आज तोकिएको पेशी हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो। आज हेर्न नभ्याइने भएपछि रिट शुक्रबारका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend