काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ । पेसी ६ नम्बरमा पालो रहेको छ ।
बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लाागि सरेको थियो।
द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन्। उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए।
दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि दाहाल विवादमा तानिएका थिए।