logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का

    प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का

    2.6K
    Shares
    प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन् । शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिनुभएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए । उनले संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल नरहेको स्पष्ट पारे । उनले आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए । उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताए ।

    उनले भने, ‘महिला उम्मेदवार बाहेक उपराष्ट्रपतिमा उम्मेदवार नबनाउनु भनेको छ, यसमा काँग्रेसको मात्रै टिप्पणी भन्ने होइन, कानूनले के भनेको छ ? नेपालको संविधानले के भनेको छ, फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ । तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति÷उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरित निर्वाचन आयोगले निर्णय गरेको छ । अनलाइनहरुमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ । उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकुल छैन । आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन । संविधानले स्पष्ट व्यवस्था गरेको छ । प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ । आयोगको सोचाइ, भनाइ के हो ? प्रमुख आयुक्तले संविधानविपरित कुरा हुनुपर्छ भनेर बोलेको कुरा म पत्याउँदिन ।’

    उपसभापति खड्काले आज राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा बैठक बसेको बताए । उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए । उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरुको प्रमुख नेताहरुको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे ।

    उनले भने, ‘राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रुपमा आज बैठक बसेका हौँ । बैठकमा हामीले ८ दलको साझा उम्मेदवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवारी दिनुभएको थियो । जसमा विजयी पनि हुनुभयो । उहाँलाई सहयोग र समर्थन गर्ने दललाई हामीले धन्यवाद दिने निर्णय ग¥यौँ । निर्वाचन स्म्पन्न गर्न निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय र सबै कर्मचारी र सञ्चाकर्मीहरुलाई निर्वाचनका लागि खेलेको भुमिकाका बारेमा धन्यवाद दिन प्रश्ताव परित गरेका छौँ । उपराष्ट्रपतिको बारेमा अहिले हाम्रो कुनैपनि छलफल भएको छैन, चाँडै नै हामी राष्ट्रपति निर्वाचनसँग जोडिएका दलहरुको प्रमुख नेताहरुको बैठक बसेर उपराष्ट्रपति उम्मेदवारको बारेमा निर्णय गर्नेछौँ । दरखास्त दिने समय भन्दाअघि हामी सर्वसम्मतिले टुंगो लगाउँछौँ । जसपालाई दिने समझदारी आन्तरिक छलफलको विषय हो । आठ दल र त्यसमा जोडिएको १० दलको बीचमा बसेर औपचारिक निर्णय भइसकेको छैन । औपचारिक छलफल भइसकेको छैन ।’

    उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने बताए । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend