logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री किराँतीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?

    मन्त्री किराँतीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?

    1.6K
    Shares
    मन्त्री किराँतीको प्रश्न : पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा गर्छौं ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । शनिवारबाट शुरु भएको तीन महिने पशुपति सरसफाई अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

    उनले नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए । उनले पशुपति क्षेत्र सफाईका लागि पशुपति क्षेत्र विकास काषले योजना बनाएर बुझाउन निर्देशन दिए । उनले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए । मन्त्री किराँतीले पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौं भन्दै प्रश्न गरे । उनले सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएकमो भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने बताए । उनले आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतक सबै निकायहरुलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने चेतावनी दिए ।

    उनले भने, ‘हाम्रोमा ठूलो मान्छेले सानो काम गर्नु हुँदैन भन्ने कल्चर छ, यसलाई भत्काउनुपर्छ । यो सफा कसरी गर्ने पशुपति क्षेत्र विकास कोषले योजना ल्याउनुपर्छ । हाम्रो एक्शन त्इहाँ हुन्छ । हामी तीन महिना प्रत्येक शनिवार ८ बजेदेखि १० बजेसम्म यो अभियान सञ्चालन गर्नेछौँ । सफा रहनु भनेको सभ्यता प्रदर्शन गर्नु हो, संस्कृति निर्माण गर्नु भनेको जीवन प्रदान गर्नु हो । आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौँ भने यो देश कहिले सफा गर्छौं, त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ । असम्भव कुरा केही छैन भन्ने सन्देश हो । भौतिक मात्रै होइन, आध्यात्मिक कुरा पनि फोहोर छ, मूल्य, मान्यता हराउँदै गइरहेको छ । यहाँको समाजसँग जोडिएको विकृतिलाई सफा गर्नुपर्छ । हामीले मन्त्रालय अन्तर्गत निर्देशिका पठाएका छौँ । त्यही अनुसार काम हुन्छ । निर्देशिका अनुसार काम भएन भने त्यही अनुसार कारबाही गर्नेछौँ । यहाँ धेरै लापरबाही छ, क्षेत्र विकास कोषले पशुपति सफा गर्ने योजना चाहिन्छ ।’

    सो अवसरमा मन्त्री किराँतीले आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाईमा सरिक भएका थिए । अबको तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाई अभियान सञ्चालन हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend