मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

काठमाडौं । सत्ता गठबन्धनमा उपराष्ट्रपति उम्मेदवारमा सहमति हुन सकेन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकबाट तीन जना उम्मेदवार हुने देखिएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुनसक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरूले ममता झालाई उम्मेदवार बनाउने बताए ।

तर अन्तिममा सत्ता गठबन्धनको एउटै मात्र उम्मेदवार खडा हुने उनको दाबी छ ।

गठबन्धनमा भएको पूर्वसहमतिअनुसार रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज उपराष्ट्रपतिको मनोनयन गर्नुपर्ने कार्यतालिका छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend