logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाराको कोहल्वी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ

    बाराको कोहल्वी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ

    2.9K
    Shares
    बाराको कोहल्वी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ

    बारा । बाराको कोहल्वी नगरपालिका५ का वडाध्यक्ष पक्राउ परेका छन्। डिभिजन वन कार्यालय बाराले शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत विनोद सिंहले जानकारी दिए।

    उनीमाथि रूखमा क्षति पुर्‍याएको आरोप लागेको छ।

    सिंहका अनुसार २०७७/८८ मा कोहल्वी-५ स्थित राम वनमा ५.३ हेक्टर जग्गामा वृक्षरोपण गरिएको थियो। रूख १५-१६ फिटको भइसकेको थियो।

    तर, गत मंगलबार होलीको दिन उक्त रूख काटिएको र तारबार पनि भाँचेर छाडिएको अवस्थामा फेला परेको थियो।

    अनुसन्धानको क्रममा वडाध्यक्ष चौधरीसहितको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सिंहले बताए।

    वडाध्यक्षमाथि सोधपुछ गरी यसमा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिइने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend