logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागरिकताविहीन संघर्ष समितिद्वारा नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग

    नागरिकताविहीन संघर्ष समितिद्वारा नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग

    2.1K
    Shares
    नागरिकताविहीन संघर्ष समितिद्वारा नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न माग

    काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार  राजधानीमा  संघर्ष समितिले  पत्रकार सम्मेलन गरी नागरिकता विधेयक–२०७९ प्रमाणीकरणका लागि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको हो ।

    जन्मको आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तानहरु नागरिकताबाट बञ्चित हुनुपरेको संघर्ष समितिको भनाई छ । आमा बाबु नेपाली नागरिक भएर पनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुई पटक नागरिकता विधेयक फिर्ता पठाएको भन्दै संघर्ष समितिले विज्ञप्तिमा भनेको छ – ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई/दुई पटक बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइसकेको विधेयक निष्क्रिय हुन्छ भनेर २०७२ को संविधान कुनै धारा उपधाराले भन्दैन । तसर्थ, हाम्रो देश नेपालका भावी राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेल ज्युलाई नागरिकताविद्येयक २०७९ लाई प्रमाणीकरण गरी लाखौं वास्तविक नेपाली नागरिकको जीवन उज्वल बनाई दिनका लागि हार्दिक अनुरोध गर्दछौं ।’

    नागरिकता विहिन सङ्घर्ष समिति नेपालका अध्यक्ष इन्द्रजित साफीले नेपालको संविधान २०७२ जारी भएको झण्डै आठ वर्ष हुँदा पनि नागरिकता सम्बन्धी विवाद टुंगोमा नपुग्नु दुःखद् भएको बताए । राष्ट्रपति भण्डारीले दुई पटक फिर्ता गरेको सोही नागरिकता विधेयक प्रमाणीकरणका लागि उनले नवनिर्वाचित राष्ट्रपति पौडेललाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend