
काठमाडौं । जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । शनिवार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताइन् ।
उनले आफू संविधानलाई सशक्त रुपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताइन् ।
उनले भनिन्– ‘संविधानको पनि मर्म छ कि सबै जातजाति, सबैको राम्रो प्रतिनिधित्व हुनुपर्छ । सबैको प्रतिनिधित्व भएपछि मात्रै विकास हुनसक्छ । एक महिला छ मधेसबाट आएको, संविधानको मर्मलाई जीवित राख्नको लागि, संविधानलाई जीवित राख्नको लागि यो उम्मेदवारी दिएको छु ।’
उनले आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्चपनि तलमाथि नहुने स्पष्ट पारिन् । सशक्त ढंगले अगाडी बढ्ने उनको भनाई छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend