logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘सूचनाको हकलाई तल्लो वर्गसम्म कार्यान्वयन गराउँछौं’

    ‘सूचनाको हकलाई तल्लो वर्गसम्म कार्यान्वयन गराउँछौं’

    2K
    Shares
    ‘सूचनाको हकलाई तल्लो वर्गसम्म कार्यान्वयन गराउँछौं’

    नुवाकोट । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले सूचनाको हकलाई तल्लो वर्गमा कार्यान्वयन गर्ने बताएका छन् ।

    विदुरमा शनिबार आयोजित सूचनाको हक प्रवर्द्धन कार्यक्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकारले मातहत कार्यालयमा सूचनाको हकलाई मौलिक हकको रुपमा कार्यान्वयनमा लैजान कार्यक्रम गरिएको बताएका हुन् । उनले सूचनाको हक तल्लो वर्गसम्म पुर्‍याउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिए ।

    उनले राजनीतिक सुशासन कायम गर्न र समृद्धिको यात्रा अगाडि बनाउन सूचनाको महत्वपूर्ण भूमिका रहने भन्दै सूचनाले नागरिकलाई सशक्त बनाउने पनि विचार राखे । मन्त्री श्रेष्ठले भने, ‘यो सूचनाले नागरिकलाई सशक्त बनाउने गर्छ । मुख्य सूचना लिने र दिने हो । नागरिकलाई सूचना दिने हो ।’

    मन्त्रालयका सचिव नारायणप्रसाद शर्माले प्रदेश सरकार सुशासनलाई लागि परेको बताए । त्यसैगरी वाग्मती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटाले सूचना लिने र दिनेबीच द्वन्द्व रहे पनि सूचना लिन पाउनु नागरिकको हक भएको बताए । उनले ऐन, कानुनमा भएका भाषा सरिलीकृत गर्नुपर्ने बताए ।

    प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हकको माध्यमबाट वाग्मती सरकारले गरेका कामकारबाही पारदर्शी गराई नागरिकमा लोकतन्त्रप्रति बढेको नकारात्मक भावना निरुत्साही गराउन सघाउन पुग्ने बताए । त्यसैगरी मन्त्रालयका अनुशील सापकोटाले सूचनाको हक र त्यसको इतिहासबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend