सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लोसपा, जनमत र नाउपाबीच कार्यगत एकता गर्न सहमति

लोसपा, जनमत र नाउपाबीच कार्यगत एकता गर्न सहमति

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिएक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो ।

सहमतिपत्रमा लोसपा  अध्यक्ष महन्थ ठाकुर,  जनमतका सीके  राउत र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

कार्यगत एकताको निर्णयमा पुगेका यी तीन पार्टीको संघीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व रहेको छ । यी पार्टी कांग्रेस–माओवादी गठबन्धनमा रहेका छन् । तर उपराष्ट्रपति निर्वाचनका लागि सहमति नजुटेपछि जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन् ।

सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend