logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

    बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

    1.7K
    Shares
    बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

    नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिए ।

    करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ ।

    जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिएका छन् ।

    करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त भवन बनाउनका लागि रु नौ करोड ४२ लाख ५६ हजारमा बोलपत्र आह्वान गरिएको रु सात करोड ९० लाख ५६ हजारमा बोलपत्र परेको जिससका सबइञ्जीनियर सन्देश न्यौपानेले बताए। भवन निर्माणको जिम्मा आकृति पशुपति एभरेष्ट जेभी बुटवलले पाएको छ । जिससको हाल आफ्नै भवन नहुँदा भाडाका घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend